काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताएका छन्। उनले विगतको तुलनामा परिस्थिति बदलिसकेको पनि बताए।
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एक विद्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले सामुदायिक विद्यालयलाई उकास्नुपर्ने बताए। 'पहिलाको जस्तो स्थिति छैन। स्थिति फेरिइसकेको छ। निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन', उनले भने, 'सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन कायम हुन्छ।'
उनले अहिले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गरेर निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सन्तुलन कायम गर्ने रहेको बताए। 'अन्ततः सामुदायिक विद्यालयलाई नै प्राथमिकता दिनेतिर हामी गइरहेका छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।