गान्तोक– सिक्किममा महिलाहरुको सुरक्षाका लागि सिक्किम पुलिसले नयाँ अभियान थालेको छ।
यस योजनाअनुसार महिलाहरुले राति अबेरसम्म गाडी नपाए उनीहरुलाई प्रहरीले घरसम्म छाडिदिनेछ।
भारतभर बलात्कारका घटना बढिरहेका बेला सिक्किम पुलिस तथा सिक्किम सरकारले महिला सुरक्षाका लागि यो अभियान सुरु गरेको हो।
दैनिक रोजगार अथवा काम सकेर घर जाँदा यदि ढिला भई गाडी नपाएको अवस्थामा सिक्किम प्रहरी कार्यालयमा फोन गरेर सहायता लिन सक्ने प्रहरीले जनाएको छ। यो सेवा राति १० देखि बिहान ६ बजेसम्म सुचारु रहने जनाइएको छ। यसका लागि १०९१ अथवा ७८३७०१८५५५ मा फोन गर्न सकिने स्थानीय प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।