• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मित्रता, प्रेम विवाह, सामूहिक बलात्कार हुँदै जलाएर मार्ने प्रयाससम्म

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १३:३०
1140x725

एजेन्सी– भारतकाे उन्नावमा सामूहिक बलात्कारको सिकार भएकी युवतीको शुक्रबार मध्यरातमा दिल्लीको सफदरजङ्ग अस्पतालमा मृत्यु भयो। आगोमा जलेकी युवतीलाई बचाउने प्रयासमा उन्नावदेखि लखनउ हुँदै दिल्लीको सफदरजङ्ग अस्पतालसम्म पुर्‍याइयो। तर, उनलाई बचाउन सकिएन।

सामूहिक बलात्कारको सिकार भएको दुई दिनपछि उनले संसार छाडिन्। युवतीको मृत्युपछि गाउँ नै शोकमा डुब्याे। अर्कोतर्फ गाउँमै रहेका अभियुक्तका परिवार उनीहरु निर्दोष रहेको दाबी गर्दैछन्। गाउँमा जुन कुनै समयमा अशान्त हुन सक्ने शंकामा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएको छ।

शुक्रबार सामूहिक बलात्कारको आरोप लागेका पाँच अभियुक्तलाई अदालत पेस गरिएको थियो। अदालतले थप अनुसन्धानका लागि १४ दिन थुनामा राख्ने अनुमति दिएको छ। पीडित युवतीलाई उपचारको सुरुवाती चरणमै प्रहरीले उन्नाव मजिस्ट्रेट कार्यालयमा केही घन्टामै बयान लिएको थियो। सोही बयानका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।

मुद्दाको सुनुवाइमा अदालत जादाँ बाटोमा जलाइयो

उत्तर प्रदेश प्रहरीका अनुसार अदालतमा हुने सुनुवाइका क्रममा हिडेंकी पीडित युवतीलाई बीच बाटोमै जलाइएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो कार्य सामूहिक बलात्कारको आरोप लगाएकै युवाहरुबाट भएको अनुमान गरेको थियो। युवतीकै कारण जेल बसेर फर्केका उनीहरुले बदलाको रुपमा यस्तो गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो। तर, यसअघि पीडितलाई धम्की दिने गरेकाे कुनै सुराक भेटिएको छैन। 

स्थानीय पत्रकार विशाल सिंहका अनुसार पीडित युवतीमाथि मार्च महिनामा सामूहिक बलात्कार भएको थियो। सोही प्रकरणमा अदालतमा हुने सुनुवाइका लागि उनी रायबरेली हिडेंकी थिइन्। स्टेशन जाँदा उनलाई पाँच जनाले बाटोमा छेकेर पेट्रोल हालेर जिउँदै जलाउने प्रयास गरेका थिए। उनको ९० प्रतिशत शरीर जलेको थियो। लगत्तै उनको उद्धार गरेर लखनउको सिभिल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो। दिल्लीमा हार्ट अट्याकबाट उनको  मृत्यु भएको थियो।

पीडितको सुनसान घर 
उक्त गाउँ उन्नाव सहरदेखि करिब ५० किमिको दूरीमा रहेको बिहार प्रहरी चौकीअन्तर्गत पर्दछ। यो गाउँभित्र प्रवेश गरेपछि केही मिनेटमै माटो, भुस र खरले बनेका कच्ची झुपडी  सहजै देख्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

युवतीका अनपढ पिता घर बाहिर चुपचाप बसिरहेका छन्। उनलाई अहिले पनि यही कुराको पीर छ कि उक्त दिन किन स्टेशनमा उनी छोरीलाई छोड्न गएनन्। हरेक दिन उनी छोरीलाई स्टेशनसम्म पुर्‍याउन जाने गर्दथे। तर, आइतबार उनले छोरीलाई एक्लै स्टेशनसम्म जान दिएका थिए। उनी सधै आफ्नो साथ कोही न कोहीलाई लिएर हिड्ने गर्दथिन्। तर उक्त दिन उनी एक्लै स्टेशनसम्म पुगेकी थिइन्। पाँच बहिनी र दुई भाइमध्येकी उनी सबैभन्दा कान्छी हुन्। 

प्रेम विवाह अनि सामूहिक बलत्कारको रिर्पोट

युवतीको छिमेककै एक युवकसँग चिनजान थियो। उनीहरु दुवैले आपसी सहमतीमा प्रेम विवाह पनि गरेका थिए। तर, विस्तारै उनीहरुकाे बीचमा खटपट भयो। युवतीले यही साल मार्चमा उक्त युवक र उसको साथीविरुद्ध सामूहिक बलात्कारको जाहेरी प्रहरी कार्यालयमा लेखाएकी थिइन्। त्यसै आधारमा पक्राउ परेकामध्ये मुख्य अभियुक्त थुनामा गएका थिए र केही दिनपछि धरौटीमा छुटेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युवतीकी भाउजुले उनीहरुले कहिले विवाह गरेका थिए भन्नेबारे आफूलाई जानकारी नभएको बताइन्। ‘हामीलाई त विवाह गरेको तबमात्र थाहा भयो जब केटापक्षका मानिसहरु आएर हाम्रो घरमा झगडा गर्न थाले,’ पीडित युवतीकी भाउजुले भनिन्, ‘दुवै पक्षबीच मारपिट सुरु भएपछि उनीहरुले अदालतमा विवाद गरे र अहिले केटाले स्वीकार गर्न मानेनन्।’ 

अभियुक्तको घरको वातावरण

युवतीको घरदेखि करिब आधा किलोमिटर पर मुख्य अभियुक्त र यो प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तको घर छ। जहाँ एक मन्दिरबाहिर केही महिला  जम्मा भएका छन् र उनीहरु रोइरहेका छन्। यसरी रुनेमा पक्राउ परेका अभियुक्तसँग कुनै न कुनै रुपमा नाता पर्नेहरु देखिन्छन्। उनीहरुको भनाई छ सबैलाई षडयन्त्रपूर्वक फसाइएको छ।

 ‘मेरो छोराले  न दुईवटा विहे गरेको थियो न त सामूहिक बलात्कारमा सहभागी नै थियो’ मुख्य अभियुक्तकी आमा भन्छिन्, ‘युवतीको परिवार र प्रहरीले यसमा षडयन्त्र गरेको  हुनसक्छ।’ उनले आफ्नो छोरो सामूहिक बलात्कारको सिकार भएकी युवतीसँग एक महिनादेखि रायबरेलीमा बसेको  कुरा पनि अस्वीकार गरिन्। यो प्रकरणमा  संलग्न भएकाे आशंकामा प्रहरीले एकै परिवारका बाबुछोरालाई समेत पक्राउ गरेको छ।

एउटै बलात्कार प्रकरणमा बाबुछोरालाई नै समाएपछि प्रहरीले फसाएको परिवारको दाबी छ। ‘बिहान प्रहरी आयो मेरा पति र छोरालाई समाएर लग्यो,’ उनले भनिन्, 'पल्लो घरको अर्को युवालाई पनि पक्राउ गरेर लगियो।’  उनले सामूहिक बलात्कार गर्ने अभियुक्त घरमा आएर आरामसँग नसुत्ने भएकाले यो षडयन्त्र भएको दाबी गरिन्।

यही वर्ष मार्च महिनामा पीडित युवतीले सामूहिक बलात्कारको जाहेरीमा मुख्य अभियुक्तसँगै यी महिलाका छोराहरुलाई पनि आरोप लगाएकी थिइन्। तत्कालीन समयमा प्रहरीले मुख्य अभियुक्तलाई मात्र पक्राउ गरेको थियो। यो प्रकरणमा निष्पक्ष छानबिन नभएकाले केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गर्नुपर्ने अभियुक्तको परिवारकाे माग छ।

अनुत्तरित कयौं प्रश्न

गाउँमा आम मानिसहरु यो प्रकरणलाई लिएर अनेकौ प्रश्न उठाइरहेका छन्। पक्राउ परेका कुनै पनि अभियुक्तविरुद्ध प्रहरीले हालसम्म कुनै पनि अभियोगमा मुद्दा दायर गरेको छैन। प्रहरीका अनुसार घटनालगत्तै मारिएको छापामा सबै अभियुक्त आ-आफ्नै घरमा फेला परेका थिए।

‘यी केटाहरुलाई हामी सानैदेखि जान्दछौ। अहिलेसम्म गाउँमा यस्तो घटना भएको थिएन,’ गाउँका एक वृद्ध सीताराम भन्छन्, ‘अचम्म लाग्छ यस्तो जघन्य अपराधमा उनीहरु संलग्न भएको भए कसरी चुपचाप बसे।’ आफूले यो उमेरसम्म गाउँमा यस्तो घटना नसुनेको र याे पहिलोपटक भएको उनको अनुभव छ। 'गाउँकै युवतीलाई सामूहिक बलात्कार र जिउँदै जलाउनेजस्तो ठूलो अपराध कसरी गाउँकै युवाले गर्न सके होलान्? म कल्पनै गर्न सक्दिनँ।’ उनले भने।  

उन्नाव घटनामा सुरुदेखि नै धेरै प्रहरी अधिकारीहरु सीतारामको आशंकामा सहमत छन्। तर, आधिकारीक रुपमा उनीहरु केही बोल्न चाहदैन्। गाउँका मानिसहरु मिडियाले एकतर्फी रुपमा पीडितको परिवारलाई मात्र जोड दिएकोमा आपत्ती जनाएका छन्। प्रहरीले यो प्रकरणमा हरसम्भव अनुसन्धान र प्रमाण संकलनको कार्य भइरहेको  बताएकाे छ। प्रहरीले छिटोभन्दा छिटो सत्य पत्ता लाग्ने दाबी गरिरहेको छ।

हाल प्रहरीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ। तर, सबै गाउँका हरेक व्यक्ति दुखी छन्। किनकि दुवैपक्ष आफ्नै मानिस थिए, जो अहिले पीडित र पीडकको रुपमा विभाजन भएर एक अर्काविरुद्ध निस्केका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्