नयाँ दिल्ली- भारतकाे राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेकाे अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएकाे छ। घटनामा ३५ जनाकाे मृत्यु भएकाे आजतकले जनाएकाे छ।
आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएकाे थियाे। ५६ जनाकाे उद्धार गरिएकाे छ। धेरै मानिस गम्भीर घाइते छन्। अहिले उद्धार जारी छ। ३० भन्दा बढी दमकल परिचालन गरिएकाे छ।
घाइतेहरुलाई अस्पताल लगिएको छ। अस्पतालमा ३२ जनाको मृत्यु भएकाे हाे। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ। अन्न बाजारकाे एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।