एजेन्सी- अमेरिका र इरानले आपसीसम्बन्धमा लामो समयदेखि रहेको तनावलाई पन्छाएर एक अर्काका कैदीहरूलाई साटासाट गरेका छन्। रिहा हुनेमा एक अमेरिकी शोधकर्ता र एक इरानी वैज्ञानिक रहेका छन्।
इरानका विदेश मन्त्री जावद जरीफले कैदी साटासाटप्रति खुसी व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसमा प्रतिक्रिया दिँदै ट्विटरमा लेखेका छन्, 'सम्झौताको लागि धन्यवाद। हामी एक अर्कासँग सम्झौता गर्न सक्छौं।'
रिहा हुनेमा अमेरिकी शोधकर्ता शीयू वाङ रहेका छन्। उनलाई सन् २०१६मा विदेशी सरकारसँग साँठगाँठ गरेकाे आराेपमा पक्राउ गरिएकाे थियाे। इरानी वैज्ञानिक मसुद सुलेमानीलाई शिकागो अन्तर्राष्ट्रिय हवाई अड्डाबाट पक्राउ गरिएको थियो। उनीमाथि व्यापार प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।