• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सार्क स्थापनाको ३५औं वर्ष, १९औं शिखर सम्मेलन अन्योलमा

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  ०८:२०
1140x725

काठमाडाैं- दक्षिण एसियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ। 

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सुरु सार्कको यात्रा भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र/सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने थिए।

आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एसियाका आठ मुलुकको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ। सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन्। सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो।

दक्षिण एसियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन। आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन। सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एसियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ। 

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको  । क्षेत्रीय सहयोग प्रवद्र्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआइभी/एड्स केन्द्र (काठमाडाैं), विपद् व्यवस्थापन केन्द्र (नयाँ दिल्ली) स्थापना गरिएका छन्। 

३५औं वार्षिकोत्सवका अवसरमा शुभकामना

सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३५औँ वार्षिकोत्सवका अवसरमा बङ्गलादेशका परराष्ट्रन्त्री डा ए के अब्दुल मोमेनले बङ्गलादेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सार्क शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत सार्कले स्थापनाको तीन दशकभन्दा लामो उतारचढाव यात्रामा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उपलब्धि हासिल गरेको उल्लेख गरे। यद्यपि, अपेक्षा र सम्भावनाको स्तरमा भने उक्त उपलब्धि न्यून रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री मोमेनले सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग, सम्मान र प्रतिबद्धताले इच्छित उद्देश्य हासिल हुने दृढ विश्वास व्यक्त गरे।

यसैगरी सार्कका महासचिव अमजद हुसैन बी सियालले शुभकामना सन्देशमार्फत यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवद्र्धन गर्न स्थिर प्रगतिमा रहेको उल्लेख गरेका छन्। विभिन्न सम्झौतामार्फत यस क्षेत्रमा आर्थिक, क्षेत्रीय र जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यमा उपलब्धि हासिल भएको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई संवर्द्धन र विस्तार गर्ने उद्देश्य लिएको छ। पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्राष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि बडापत्रले प्राथमिकता दिएको छ।

उन्नाइसौँ शिखर सम्मेलन अन्योलमा 

विसं २०७१ मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनमा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको थियो। भारत र पाकिस्तानबीचको आपसी मनमुटावका कारण १९औँ शिखर सम्मेलन अझै हुने निश्चित भइसकेको छैन। शिखर सम्मेलन आयोजनामा विलम्ब भए पनि मन्त्रीस्तरीय बैठक भने भइरहेका छन्। बडापत्रको धारा ३ मा राष्ट्र/सरकार प्रमुखको बैठक वर्षमा एकपटक वा सदस्य राष्ट्रहरुले आवश्यक ठानेमा यसभन्दा बढी पटक बस्ने उल्लेख छ।

सार्कका सदस्य देशहरू आपसी विवादमा नपरी द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिलाबाट अलग रहने भन्ने यसको बडापत्रमा उल्लेख छ । साथै सदस्य राष्ट्रका राष्ट्र/सरकारप्रमुखबीच हुने शिखर सम्मेलनमा पनि कुनै राष्ट्रले भाग नलिए त्यस्तो सम्मेलन हुन नसक्ने व्यवस्था बडापत्रमा उल्लेख छ। यी संवैधानिक कमजोरीका कारण सार्क शिखर सम्मेलन सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुसँगै भेला हुने एक औपचारिक समारोहमात्र बन्न पुगेको भनेर आलोचना गर्नेहरु पनि नभएका होइनन्। 

यसका बाबजुद सार्कको दक्षिण एसियाली पहिचानलाई शीर्षनेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गर्ने गरेको छ भने विपद्का बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि बढेको छ। बितेका ३४ वर्षमा सार्कले सुखदुःखका बेला सदस्य राष्ट्रलाई एकअर्कालाई नजीकमात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सह्रानीय काम पनि गरेको छ।

सार्क सम्मेलन कहिले कहाँ ?

सार्कको पहिलो शिखर सम्मेलन ७–८ डिसेम्बर १९८५ मा  बङ्गलादेशको ढाकामा, दोस्रो १६–१७ नोभेम्बर १९८६ मा भारतको बेङ्गलोरमा, तेस्रो २–४ नोभेम्बर १९८७ मा नेपालको  काठमाडौँमा,  चौथो २९–३१ डिसेम्बर १९८८ मा पाकिस्तानको इस्लामावादमा, पाँचाैँ २१–२३ नोभेम्बर १९९० मा माल्दिभ्सको मालेमा, छैटौँ २१ डिसेम्बर १९९१ मा श्रीलङ्काको कोलम्बोमा, सातौँ १०–११ अप्रिल १९९३ मा बङ्गलादेशको ढाकामा, आठौँ २–४ मे १९९५ मा भारतको नयाँ दिल्लीमा र नवौँ १२–१४ मे १९९७ मा  माल्दिभ्सको मालेमा सम्पन्न भएको थियो।

यसैगरी सार्कको दशौँ शिखर सम्मेलन २९–३१ जुलाई १९९८ मा श्रीलङ्काको कोलम्बोमा, एघारौँ ४–६ जनवरी २००२ मा नेपालको  काठमाडौँमा, बाह्रौँ २–६ जनवरी २००४ पाकिस्तानको इस्लामावादमा, तेह्रौँ १२–१३ नोभेम्बर २००५ मा बङ्गलादेशको ढाकामा, चौधौँ ३–४ अप्रिल २००७ मा भारतको नयाँ दिल्लीमा, पन्ध्रौँ १–३ अगस्त २००८ मा श्रीलङ्काको कोलम्बोमा, सोह्रौँ २८–२९ अप्रिल २०१०  मा भूटानको   थिम्पूमा, सत्रौँ  १०–११ नोभेम्बर २०११ मा माल्दिभ्सको अड्डुमा र अठारौँ  २६–२७ नोभेम्बर २०१४ मा नेपालको काठमाडौँमा सम्पन्न भएको थियो। रासस

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै शनिबार, जेठ २३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, जेठ २३, २०८३
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्