काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन्।
खेल तालिकाअनुसार आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।
पाेखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुने छन्। यस्तै कुस्ती जनकपुर हुनेछ भने अन्य खेल काठमाडौंमा हुने छन्। शनिबारकाे खेल सकिदासम्म नेपालले ४३ स्वर्णसहित भारतलाई पछ्याइरहेको छ। नेपाल दाेस्राे स्थानमा छ भने भारतले अग्रता कायमै राखेकाे छ।
आज पुरुष फुटबलतर्फ नेपालले बंगलादेशको सामना गर्दैछ। यस्तै क्रिकेटअन्तर्गत महिला क्रिकेटमा स्वर्ण पदकका श्रीलंका र बंगलादेश भिड्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।