काठमाडाैं- १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ।
शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ।
यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन्।
नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो। नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जिते। नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो। यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए।
यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितिन्। उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरिन्। सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो।
पदक तालिका
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।