काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु-२३ सँग ४४ रनले पराजित भएको छ।
टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो।
नेपाललाई लक्ष्य सम्म पुग्न नदिन बंगलादेशी बलर सुमोन खान, तन्भिर इस्लाम, सौम्या सरकार, मेहेदी हसनले समान २र२ विकेट लिए।
नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए। ४३ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यस अघि टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले सर्वा्धिक ७५ रन योगदान दिए। उनले अविजित रहँदै ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र १ छक्का मदतले ५२ रन बनाए।
नेपालको बलिंगमा पारस खड्काले सर्वा्धिक ३ विकेट लिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बंगलादेशका नज्मुल हुसेन चुनिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।