जनकपुर- प्रशिक्षक र सहयोगीको माझमा थिइन् उनी। खुसीमा झरेको आँसुले उनी सम्हालिन् सकिरहेकी थिइनन्। उनलाई सम्हाल्न प्रशिक्षक र साथीहरूले सहयोग गरिरहेका थिए।
संगीता धामी, जसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको कुस्ती खेलमा स्वर्ण दिलाएर नेपालको इतिहासमा पहिलो रेकर्ड राखिन्। जितपछि आँसुसँगै खुसी मनाइरहेकी संगीतालाई देखेर दर्शकहरूसमेत पग्लिए।
आज भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा संगीताले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गरेकी हुन्। स्वर्ण विजेता संगीता पश्चिम महेन्द्रनगरकी हुन्।
जनकपुरमा भइ रहेको सागको कुस्तीको समापन मंसिर २४ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।