पोखरा- नेपाल साग महिला फुटबलमा भारतसँग पराजित भएर पनि फाइनलमा पुगेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो।
अब नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसँग नै खेल्नुपर्ने छ।
लिग विजेता र उप–विजेता बन्दै नेपाल र भारतले फाइनलमा स्थान बनाएका हुन्।
पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग १–० ले स्तब्ध भयो। भारतका लागि एनजी बाला देवीले निर्णायक गोल गरेकी हुन्। उनले डाङ्गमे ग्रान्सले प्रहार गरेको कर्नर किकमा हेडर गोल गरिन्।
नेपाली महिला टिमले यसअघि पहिलो खेलमा श्रीलंकालाई १–० र दोस्रो खेलमा माल्दिभ्समा ३–० ले हराएको थियो ।

के भन्छन् प्रशिक्षक?
विजयी भएपछि भारतीय टिमका प्रशिक्षक मेमल रकीले टिम गेम नै जितको प्रमुख कारण भएको बताइन्। उनले यस पटकको सागमा स्वर्ण जित्ने दाबी पनि गरिन्।
पराजित नेपाली टिमका प्रशिक्षक हरि खड्काले भारतको एकमात्र मुभ पनि गोलमा परिणत हुँदा हार्नुपरेको बताए। फाइनल जितेर स्वर्ण घरमै राख्ने प्रशिक्षक खड्काले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।