• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भारोत्तोलनमा नेपाललाई थप २ रजत, ४ कास्य 

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १८:३९
1140x725

पोखरा- १३औं साग भारोत्तोलन अन्तर्गत नेपालले तेस्रो दिन २ रजत र ४ कास्य पदक जितेको छ। योसँगै जारी भारोत्तोलनमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ।

पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका हुन्। २० स्वर्णसहित ६० पदकका लागि भएको स्पर्धामा नेपालले अझै पुरुषतर्फ टु वेट क्याटागोरीमा अन्तिम दिन आइतबार खेल्दैछ।

पोखरामा शनिबार भएको प्रतियोगितामा नेपालकी अस्मिता राई (८७ प्लस) र विशालसिंह विष्ट (९६ केजी) तौल समूहमा रजत पदक जितेका हुन्। 

पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते। उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन्। 

रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भार बहन गरे। १९ वर्षे विष्ट कञ्चनपुरका हुन्। चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए। 

यस्तै, भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले उक्त इभेन्टमा पहिलो कास्य जित्न सफल भयो। उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन्। उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० केजी भार उठाउन सके। 

शनिबार नै भएको महिला ८७ प्लस तौल समूहमा श्रीलंकन खेलाडी तिमाली हापुथेनाले स्वर्ण जितिन्। उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०० गरी कुल १८० तौल उठाइन्। 

नेपालको तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त इभेन्टमा पाकिस्तानकी फेरोज परविनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६० गरी कुल ११५ तौल उठाउँदै कास्य जितिन्।

यस्तै, महिला ८७ तौल समूहमा भारतले स्वर्ण, पाकिस्तानले रजत र नेपालले कास्य जित्यो । भारतकी अनुराधा पभुन्नराजले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा ११० गरी कुल २००, पाकिस्तानकी रब्बीया राजाकले ६३, ७८ र १४१ तथा नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कुल १३६ तौल उठाउँदै क्रमशः स्वर्ण, रजत र कास्य जितेका हुन्। तनहुँकी कुमालले आठौं राष्टिय खेलकुदमा रजत जितेकी थिइन्।

पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते। प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो। पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन्।

बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन्। चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन्। उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन्।

Xtrem

Xtrem

शनिबार बिहान भएको खेलमा नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जितेका छन्।

महिला ७६ केजी तौल समूहमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८५ तौल उठाउँदै स्वर्ण जितिन्। त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कुल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन्। १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन्।

त्यस्तै, ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन्। उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन्। ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन्।
 

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवारभित्रको पर्व जितिया
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परिवारभित्रको पर्व जितिया आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने आइतबार, असोज १८, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्