जनकपुर- जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलमा नेपालले इतिहासमा पहिलो स्वर्ण पदक जित्न सफल भएको छ।
१३औं सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया संगीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन्।
५५ किलो तौल समूहमा बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै उनले स्वर्ण हात पारेकी हुन्। सागको कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो।
यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।