ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन्।
सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा शनिबार भएको १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गर्दै रजत पदक पाएकी हुन्। यो स्पर्धामा स्वर्ण भारतीय खेलाडी मन्ना राजिव पटेलले स्वर्ण जितिन्।
पटेलले निर्धारित दूरी १ मिनेट ०२.३५ सेकेण्डमा पूरा गरिन्।
यसअघि गौरिकाले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइल स्वर्ण पदक जितेकी थिइन्। गौरिकाले शुक्रबार २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी थिइन्।
त्यस्तै, बिहीबार भएको २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले २ मिनेट ५.०६ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।