वीरगञ्ज- सर्वत्र चासो र चर्चामा रहेको प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जको जारी मतगणनामा राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता लिएको छ।
बिहीबारदेखि अगाडि रहेका नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीलाई पछि पार्दै राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले फेरि अग्रता लिएका हुन्।
कांग्रेसपछि संघीय समाजवादी फोरम छ भने माओवादी केन्द्र चौथो क्रममा छ।
अहिलेसम्म महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ३०, ३१ र ३२ को मतगणना भएको छ।
हेर्नुहोस् वीरगञ्ज महानगरमा कसको मत कति ?
प्रमुख/उपप्रमुख
राजपा ३७४५/३०३७
कांग्रेस ३६११/४३८५
संघीय स. फोरम ३०४६/२९२१
माओवादी केन्द्र २२१०/१५४६
एमाले १८४०/२३३२
लोकतान्त्रिक फोरम १२५९/९७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।