काठमाडौं- साग पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
१८औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरेर अग्रता बनाएका थिए।
४३औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै बराबरी गोल गरे।
खेलमा ५२औं मिनेटमा नेपालका अनन्त तामाङले गोल गरेका हुन्। सुनिल बलको कर्नरमा अनन्त तामाङको हेडमार्फत गोल गरे।
जितसँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ। माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
अब फाइनल पुग्न नेपालले अरू खेलको नतिजा कुर्नुपर्ने हुन्छ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा शीर्षमा रहने २ टिमले फाइनल खेल्नेछन्।
साग पुरुष फुटबलमा नेपाल र माल्दिभ्ससहित श्रीलंका, भुटान, बंगलादेश रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।