• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरबाट उदाएका प्रकाश

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १२:१६
1140x725

प्रमुख प्रतिपक्षका रुपमा नेपाली कांग्रेसको भूमिकालाई धेरैले कमजोर ठान्छन्। त्यसको एउटा कारण हो, विषयवस्तुलाई मिहिन ढंगले बुझेर प्रभावशाली आवाजमा सदनमा बोल्ने नेता नहुनु। तर, केही यस्ता सांसद पनि छन्, जसले संसदमा प्रमुख प्रतिपक्षी दलको इज्जत धानिरहेका छन्। तिनै मध्येका एक हुन्, प्रकाश रसाइली स्नेही।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेसका तर्फबाट सांसद बन्ने मौका पाएका ६३ मध्ये एक हुन्, रसाइली। राज्यबाटै उत्पीडनमा पारिएका दलित समुदायबाट प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद बनेका हुन्, उनी। सूदुर पश्चिमको बझाङबाट पार्टीमा जबर्जस्त भूमिका प्रर्दशन गर्दै केन्द्रमा आइपुगेका उनी सदनका लागि भने नयाँ अनुहार हुन्। तर, परिपक्वता र सक्रियताले उनले आफ्नो भूमिकाप्रति न्याय गरिरहेको बुझ्न सकिन्छ।

000
सरकारले गत बैशाख २० मा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्‍यो। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शव्दावली प्रयोग गरिन्। उक्त शव्दावलीको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनायो।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा पनि ‘मेरो सरकार’ नै भनिने प्रष्ट पारे। तर उनको प्रष्टोक्ति स्नेहीलाई चित्त बुझेन। पछिल्लो दिनको बैठकमा विशेष समय लिए। र कडा रुपमा आफ्नो असहमति दर्ज गरे।

‘चुनावअघि भारत विरोधी, चुनावपछि भारतले जे–जे गर्छ त्यही त्यही गर्ने हो?', उनले प्रश्न गरे।

राष्ट्रवादको नारा चुनावी खपतका लागि प्रयोग गरिएको भन्दै उनले सत्तारुढ दललाई झटारो हाने। सरकारले राष्ट्रपतिलाई विवादमा ल्याएको उनले तर्क गरे। भने– ‘मेरो पुस्ताले ‘मेरो सरकार’ भन्नलाई रगत बगाएको होइन।’

000
गत असारमा चिकित्सा क्षेत्र सुधारका लागि डा गोबिन्द केसीले आफ्नो १५औं अनसन जुम्लामा सुरु गरे। चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा विधेयक आउनुपर्ने उनको मागको थियो। प्रतिपक्ष दल कांग्रेस केसीको पक्षमा थियो। 

संसदमा सत्तापक्ष र प्रतिपक्ष बीच वाद/प्रतिवाद जारी थियो। केसीको आन्दोलनलाई साथ दिन जुम्ला पुगेर फर्किएका सांसद स्नेहीले संसदमा केसीको पक्षमा आवाज बुलन्द गरे। ‘प्रधानमन्त्री ज्यू, तपाईंको स्वास्थ्य उपचारका भएको करोडौं खर्चमा गोविन्द केसी र मेरो करको अंश पनि परेको छ’, उनले भने, ‘कर्णालीको पक्षमा आवाज उठाइरहेका केसीलाई बेवास्ता गर्दा सरकार दुई तिहाई सरकार अंक गणितले टिक्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

000
प्रधानमन्त्रीले पानी जहाजको विषय उठाउने तर कार्यान्वयनको चरणमा कुनै प्रयास नदेखेपछि प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै स्नेहीले संसदमै भनेका थिए– 'हामी सधैं पानी जहाज चढेर संसद आएका हुन्छौं। त्यो पनि १५ रुपैयाँ खर्चेर।'

000
यी त केही सन्दर्भ मात्रै हुन्। संसदमा बोल्ने अवसर पाएका थोरैथोरै समयमा पनि उनले सरकारको कार्यशैलीको कडा विरोध गरिरहेका हुन्छ। चिनी प्रकरणदेखि लिपुलेकसम्ममा उनले शब्दरुपी छुरा तेर्स्याइरहेका हुन्छन्।
धेरैले ख्याल नगरेका र सञ्चार माध्यममा पनि उती धेरै नाम नआउने स्नेहीको आवाज संसदमा गुन्जिन थालेपछि भने उनी ‘नोटिस’मा पर्न थालेका छन्।

सयौं कहरलाई पछि पार्दै स्नेही संसदमा पुग्न सफल भएका हुन्। दलित समुदायबाट संसदसम्मको यात्रा गर्नु अहिले पनि धेरैका निम्ति सहज छैन। आफूले नीति, सिद्धान्त अंगाल्दै आएको आफ्नै पार्टी कांग्रेसको नेतृत्वको नजरमा पर्नु झन् कठिन थियो, उनका निम्ति। तर, सार्वजनिक मञ्चलाई सदुपयोग गर्ने क्षमता भएका स्नेहीले आफ्नो प्रभाव बढाउँदै लगे।

‘विभेद रहुन्जेल कम्युनिस्ट रहन्छन्’

उनी जन्मेको समय अर्थात् ४२ वर्षअघि जयपृथ्वी नगरपालिका (साबिक चैनपुर) बझाङमा दलितप्रतिको विभेद चरम थियो। जिल्लाभर परिचित बाबु रुद्रवीरको सन्तान भएका कारण पनि उनले जिल्लामा भने सामाजिक विभेद अनुभूत गर्नुपरेन। रुद्रवीर २०३६ सालमा कांग्रेसमा आवद्ध भइसकेका थिए। बीपीले भान्सेको रुपमा दलसिंह कामीलाई राखेको सन्दर्भ सुनेपछि उनी कांग्रेसप्रति आकर्षित भएका थिए। उनकै प्रेरणाले स्नेही पनि कांग्रेसमा लागे।

बहुदलीय व्यवस्थासँगै नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका स्नेहीले विश्व परिवेश पनि नियाल्ने प्रयास गरे। सन् १९९० को दशकमा विश्वभरका कम्युनिस्टहरुले व्यहोरिरहेका एकपछि अर्को धक्काले पनि उनलाई कांग्रेस बन्न सहयोग पुग्यो। ‘सोभियत रुसको विघटन भएको थियो। विश्वमा कम्युनिस्ट रक्षात्मक चरणमा थिए। कम्युनिस्टप्रति वितृष्णा थियो’, त्यतिबेलाको परिस्थिति स्मरण गर्दै उनी भन्छन्।

कम्युनिस्टप्रति उनको कडा तर्क छ। समाजमा विभेद, गरिबी रहुन्जेल कम्युनिस्टहरु रहन्छन्। कसरी? उनको जवाफ छ, ‘विभेद, गरिबी नहुने हो भने कम्युनिस्टका एजेण्डा नै सकिन्छन्।’

महिला हिंसा, जातीय विभेद, गरिबी हुनु नै कम्युनिस्टका लागि लाभ भएको उनको बुझाइ छ। कम्युनिस्टहरुले वर्गको मुद्दा उठाउने तर समाधान गर्न जागरुकता नदेखाउने उनको आरोप छ।

पार्टीबाटै ‘विभेद’
नेविसंघको तल्लो तहबाट राजनीति गर्दे आएका स्नेही केन्द्रीय सदस्यसम्म पुगे। संगठनमा पहुँच विस्तार गर्दै गएका उनी वर्तमानमा दलित संघको महासचिव समेत छन्। क्रियाशीलतामा कमी हुन नदिएकै कारण महासचिव बन्न सकेको बताउँछन्।

सामाजिक विभेदलाई पछि पार्दै अघि बढेका स्नेहीलाई पार्टीका ‘स्वार्थ समूह’ले विभेद गरे। उनी भन्छन्, ‘क्षमता भएर पनि मलाई पटकपटक शिकार बनाइयो।’

प्रखर वक्ताको भूमिकामा देखिँदै गएका स्नेही तार्किकता, अध्ययन र क्षमता भए पनि केन्द्रीय सदस्य हुनबाट वञ्चित बनाइएको गुनासो गर्छन्।

‘केन्द्रीय सदस्यबाट मेरो नाम पटकपटक काटियो', उनी भन्छन्, 'मेरा लागि दुःखदायी क्षण हो।’ 

तैपनि उनलाई आफ्ना नेतृत्वप्रति खास गुनासो छैन। भन्छन्,‘मैले झन् खारिने मौका पाए, अब्बल हुने मौका पनि त हो।

सार्वजनिक मञ्चमा उनी दर्शकलाई प्रभाव छोड्ने गरी बोल्छन्। संसदमा प्रतिपक्ष दल भएको छनक दिन्छन्। तर, मिडियामा कमै स्थान पाउँछन्। त्यसो हुनुमा आफ्नो समुदाय (दलित)लाई हेर्ने नजरमा अझै परिवर्तन हुन नसकेको उनको बुझाई छ। भन्छन्, ‘मेरो समुदायको व्यक्तिको पहुँच पुर्‍याउन मिडियामा गाह्रो रहेछ।’

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा दर्ता भएका विधेयकका विषयमा आफ्ना सांसदहरुलाई जागरुकता कमै गर्ने गरेको छ। संसदीय दलले पूर्व तयारीमा ध्यान पुर्‍याएको हुँदैन। तथापि केही सांसदहरुले प्रस्तावित विधेयकलाई संसदमा केलाउने प्रयास गरेका हुन्छन्। तिनै मध्येका एक हुन्, स्नेही।

‘सरकारले कुनकुन विषयमा जनविरोधी काम गरेको छ। कहाँकहाँ राज्यको नियत खराब देखिन्छ। यस्ता विषय संसदमा जानुअघि अध्ययन गर्छु र बोल्छु’, आफ्नो शैली उनले सुनाए।

जनचासोको मुद्दा सार्वजनिक स्थल र चिया पसलमा समेत उठेका हुन्छन्, ती मुद्दालाई पनि उनी स्मरणमा राख्छन्।

पार्टी गुटको छाया दलित संघमा
सुदूरपश्चिमको बझाङबाट सुन्दर दलित संघ बनाउन संघर्षरत स्नेही आफ्नै भ्रातृ संस्था निष्क्रिय हुँदा बेखुसी छन्। विगतमा संघले आफ्नै विधान बनाई कार्यान्वयनमा ल्याउने गरेको थियो। मीन विश्वकर्माको नेतृत्वमा रहेको संघले विधान अनुमोदन गर्न पार्टीलाई सुम्पियो। पार्टीले विधान अनुमोदन गरेर हालसम्म उपलब्ध गराएको छैन। स्नेही भन्छन्, ‘दलित संघको इतिहासमै नभएको कार्य गरेर विधान पार्टीलाई सुम्पिइयो।’

२०६९ सालमा नेतृत्वमा आएका मीन विश्वकर्माले पाँचौ महाधिवेशन गराउन सकेका छैनन्। पटक पटक बोलाइएको महाधिवेशनको समय पनि सार्ने र स्थगित हुने गरेको छ। नयाँ मिति सार्वजनिक हुन सकेको छैन। ७७ जिल्ला अधिवेशन सकेर पनि महाधिवेशन हुन नसक्नुलाई संघको नेतृत्व जिम्मेवार रहेको उनको तर्क छ। आफ्नो समूहले जित्ने निश्चित भए मात्रै महाधिवेशन गर्ने संस्थापन पक्षको तयारी रहेको उनको बुझाई छ।

तीन वर्षे कार्यकाल रहेको संघमा पार्टी नेतृत्व हाबी हुँदा संस्था शिथिल हुन पुगेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै शनिबार, जेठ २३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २३, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, जेठ २३, २०८३
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्