काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन्।
शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरिन्।
रजत पदक जितेसँगै पुष्पाले कान्छिमाया कोजुको राष्ट्रिय रेकर्ड तोडेकी छिन्। कान्छिमाया कोजुको २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको रेकर्ड तोडेकी हुन्।
स्वर्ण पदक विजेता श्रीलंकाकी हिरुनी केसाले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गरिन्।
त्यस्तै भारतकी ज्योती गावथ २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पाइन्।
यसअघि म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका थिए। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए।
नेपालले एथ्लेटिक्समा ३ स्वर्ण पदक र एक रजत जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।