सर्लाही- बसबरिया गाउँपालिका प्रमुखमा कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसका रामअयाेध्या यादवले २२५५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी राजपाका रामसिहासन रायले २००५ मत प्राप्त गरे।
उपप्रमुखमा भने राजपाकी रिनाकुमारी यादव २५४४ मत ल्याएर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्रनिलम यादवले भने २१४० मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।