काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन्।
उनले म्याराथनमा निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।
शनिबार भएको म्याराथनमा दोस्रो र तेस्रो भने भारतका राश्पाल सिंह र श्री सिंहले भए।
राश्पालले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पूरा गरे। त्यस्तै, तेस्रो भएका २ घण्टा २२ मिनेट ६ सेकेण्डमा पूरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।