काठमाडाैं- ट्राफिक प्रहरीले म्याराथन दौड हुने रुटमा अत्यावश्यक बाहेका सवारी साधन नचलाउन अनुरोध गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना निकालेर म्याराथन दौडको रुटमा पर्ने सडकमा अत्यावश्यक बाहेका सवारीसाधन नचलाउन अनुरोध गरेको हो।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) शनिबार बिहान म्याराथन दौड प्रतियोगिता हुँदैछ। दशरथ रंगशालाबाट सुरु हुने दौड टेकु– कालिमाटी– कलंकी– बल्खु– सातदोबाटो– कोटेश्वर– गठ्ठाघर– सल्लाघारी– सूर्यविनायक– हुँदै पुनः सल्लाघारी– कोटेशवर– नयाँबानेश्वर– माइतिघर– सिंहदरबार– भद्रकाली– वीर अस्पताल– जमल– लैनचौर– दरबारको उत्तर ढोका– नागपाखरी– जयनेपाल– संग्रहालय दक्षिण गेट– घण्टाघर– भद्रकाली– नागस्थान हुँदै दशरथ रंगशालामा पुगेर टुंगिने छ। प्रहरीले यी रुटमा अत्यावश्यक बाहेकका सवारी नचलाउन अनुराेध गरेकाे हाे।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।