महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन्। दुवै पदमा कांग्रेसले २ हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको हो।
प्रमुखमा योगेन्द्र पञ्जियारले ५ हजार ५९९ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले ३ हजार १०५ मत ल्याएका छन्।
उपप्रमुख रचना माथेमा ५ हजार ७०१ मतले विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी यशोदा यादवले भने ३ हजार २८९ मत प्राप्त गरिन्।
क्षीरेश्वरनाथ नपाको वडा नं १, ३, ४, ५, ६, ८ र ९ मा कांग्रेसको प्यानल, वडा नं २ मा एमालेको प्यानल र वडा नं ७ मा अध्यक्षसहित ४ पदमा एमाले र एक सदस्य कांग्रेस विजयी भएको छ। वडा नं १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी भएका छन्।
धनुषाका १८ स्थानीय तहमध्ये ७ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस ४ तहमा विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।