काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले एक्सन खोजेको बताएका छन्।
आइतबार संसदमा बोल्दै अध्यक्ष प्रचण्डले भने, 'जनताले एक्सन खोजेका छन्, भाषण होइन। परिणाम खोजेका छन्। लम्बेतान भाषण गर्ने होइन, एक्सनबाट जनताको आकांक्षा पूरा गर्नुपर्छ।’
अराजकता, बेतिथि, विकृति नभएर विकास र समृद्धिको युग सुरु हुनुपर्ने बताउँदै दाहालले नयाँ सरकारले परिणाम देखाउन सुरु गर्नुपर्ने बताए।
८ वर्षकी बालिकामाथि भएको सामूहिक बलात्कारको उदाहरण दिँदै अध्यक्ष दाहालले 'कुरा नभएर सिधै एक्सनमा उत्रन' सरकारलाई आह्वान गरे।
उनले सरकार र प्रतिपक्षीका लागि यो समय ऐतिहासिक अवसर भएको बताए। 'हामीले धेरै अप्ठ्यारा पार गरेर यहाँसम्म आइपुगेका हौं,' उनले भने।
आफूहरुले धेरै बाचा गरेर आएको बताउँदै प्रचण्डले विकास र सुशासनको बाचा नबिर्सन सरकारलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।