सिंगापुर– भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्ना पिता एवं पूर्वप्रधानमन्त्री राजीव गान्धीका हत्यारालाई माफी दिएको बताएका छन्। सिंगापुरमा आयोजित एक कार्यक्रममा राहुल गान्धीको हत्यारालाई माफी दिएको हो भनी सोधिएको प्रश्नको जवाफमा उनले बहिनी प्रियंका र आफू दुवैले माफी दिएको बताएका हुन्।
जवाफ दिने क्रममा राहुल निकै भावुक भएका थिए। उनले पितालाई गुमाउँदाको क्षण सम्झिँदै भने,‘हामी निकै दुःखी र स्तब्ध थियौं। केही वर्षसम्म त हामीमा धेरै आक्रोश थियो। तर, कुनै तरिकाले हामीले हत्यारा प्रभाकरणलाई पूरै माफी दियौं।’

प्रभाकरण
सम्बोधनका क्रममा उनले पिता राहुलका साथै हजुरआमा इन्दिरा गान्धीको हत्याको प्रसंग पनि उठाएका थिए। उनले यी घटना हुनुपूर्व नै त्यसबारे आफ्नो परिवारलाई जानकारी भएको खुलासा गरे।
‘कुनै गलत शक्तिको विरुद्ध तपाईं कुनै कदम चाल्दै हुनुहुन्छ भने ढुक्क हुनुहोस् कि तपाईं मर्दै हुनुहुन्छ’, राहुलले भने, ‘हामीलाई थाहा थियो, बुवा मर्दै हुनुहुन्थ्यो। हामीलाई थाहा थियो, हजुरआमा मर्दै हुनुहुन्थ्यो।’

राहुल गान्धी अामा इन्दिरा गान्धीका साथमा
राहुलले प्रभाकरणको शव टिभीमा देखेपछि
कंग्रेस अध्यक्ष राहुल गान्धीले भने, ‘जब मैले प्रभाकरणको शव जमिनमा देखेँ, मेरो मनमा दुई किसिमका भाव पैदा भइरहेका थिए। पहिलो, मानिसहरु उक्त शवको किन अपमान गरिरहेका छन्? दोस्रो, मलाई प्रभाकरण र उनका परिवारका लागि निकै नराम्रो महसुस भइरहेको थियो।’

राजीव गान्धीकाे पुण्यतिथिमा श्रदाञ्जली व्यक्त गर्दै साेनिया, राहुल र प्रियंका गान्धी
राहुलले भने, 'मलाई कसैलाई घृणा गर्न साँच्चै निकै मुश्किल पर्छ।’
‘जब प्रियंकालाई फोन गरेँ’
प्रभाकरणको हत्या भएको घटनापछि बहिनी प्रियंकालाई फोन गरेर आफ्नो मनका कुरा भनेको सुनाए।

राहुल बहिनी प्रियंकाका साथमा
राहुलले भने, ‘मैले प्रियंकालाई फोनमा भनेँ, अनौठो लागिरहेको छ, मलाई थोरै मात्र नराम्रो लागिरहेको छ। उनले के भयो भनेर सोधिन्। मैले उनलाई भनेँ- बुवाको हत्या गर्ने प्रभाकरणको मृत्युको खबर आउँदा पनि मलाई खुसी हुनुपर्छ भन्ने लागिरहेको छैन। मलाई अलिकति पनि खुसी किन महसुस भइरहेको छैन?'
प्रियंकाले पनि आफूलाई यस्तै अनुभूति भइरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।