• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कांग्रेस यस कारण प्रतिपक्षमा बस्न चाहन्छ

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०७४  १३:४२
1140x725

जननायक बिपी कोइरालाले २००५ सालमा हाम्रो पार्टी नेपाली कांग्रेसको ध्येयको बारेमा स्पष्ट पार्दै लेख्नुभएको छ– नेपाली कांग्रेस स्थापनाको एउटा ध्येय छ। हामी जनताबाट निर्वाचित प्रतिनिधिहरु छान्न चाहन्छौं। ती प्रतिनिधिहरुको संस्थाबाट सरकार बनाउन चाहन्छौं। त्यो सरकार जनताबाट निर्वाचित त्यो संस्थाप्रति उत्तरदायी हुनेछ।

हामीले त्यस्तो संसद् बनायौं। महाराजले त्यो संसद् खाइदिइबक्स्यो। हामीले फेरि बनायौं। फेरि महाराजले खाइदिइबक्स्यो। आज हामीले लामो संघर्षपछाडि हाम्रो संसदमा लेखेका छौं– 'बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली नै नेपालको शासकीय स्वरुप हुनेछ।' सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै नेता र माननीज्यूहरुले यसप्रति आफ्नो प्रतिबद्धता जनाउनुभएको छ। हामी खुसी छौं, तर सन्तुष्ट छैनौं। महाराजले पटकपटक खाइदिइबक्सेको हुनाले हाम्रो मनमा अहिले पनि आशंकाहरु छन्।

संविधान संशोधनको विषय अघिल्लो संसदमा प्रस्ताव गर्दै गर्दा यसको बारेमा उच्चारण मात्र गर्नु पनि राष्ट्रघात हो भनेको कुरा अहिले हामी सम्झिरहन्छौं। तर, आज हामी सुनिरहेका छौं– त्यही संविधान संशोधनका विषयहरुमा माथापच्ची गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ। केका निम्ति? दुई तिहाइका निम्ति। स्पष्ट बहुमत हुँदाहुँदै पनि यो दुई तिहाइको दिव्य शक्तिको मोह हुनु पछाडिको कारण के हो? यसको पछाडिको नियत के हो?

हामीले सुन्ने गरेका छौं, केही साथीहरुले भन्नुहुन्छ, अनुमान लगाउनुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यू ली क्वान यु र महाथिर मोहम्मदको ठूलो प्रशंसक हुनुहुन्छ रे! नेपालमा विकास र स्थिरता नहुनु एउटा बलियो राजनेता नभएको कारण हो भन्ने विश्वास गर्नुहुन्छ रे। तर, त्यस्तो बलियो नेता राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको रुपमा नेपालले तीस वर्ष व्यहोरेको होइन? हामीले व्यहोरिसक्यौं।

हाम्रो संविधानले स्पष्टसँग भनेको छ, हाम्रो राज्यको अधिकारलाई केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडेका छौं। हामीले हाम्रो संवैधानिक सर्वोच्चताको अभ्यास गर्ने विषयको सन्दर्भमा सरकार, सदन र अदालतको सीमारेखाहरुलाई संविधानमा उल्लेख गरेका छौं। हामीले संवैधानिक आयोगहरुको व्यवस्था गरेका छौं। यी संस्थाहरुलाई बलियो बनाउने हो। प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाएर हाम्रो आफ्नो सिस्टमले डेलिभरी दिनसक्ने ठाउँमा पुर्‍याउनुपर्ने सन्दर्भमा कहीँकतै हामी बरालिएर संस्था होइन, बलियो व्यक्ति चाहिन्छ भन्ने ठाउँमा पुग्यौं भने फेरि अर्को दुर्घटना हुन्छ। नेपाली कांग्रेस यो दुर्घटना रोक्न चाहन्छ। त्यसैले संसदको प्रतिपक्षमा बस्न चाहन्छ।

हामीले पटकपटक आन्दोलन गर्‍यौं। समृद्धिको वाचा गर्‍यौं। वाचा पूरा गर्न सकेनौं। कारणहरु थिए। बहानाहरु थिए। राजाका कारण भएन भन्यौं, राजा नै फ्याँक्दियौं। संविधानको कारण भएन भन्यौं, संविधान नै फ्याँक्दियौं। एकात्मक व्यवस्थाको कारण भएन भन्यौं, त्यो पनि फ्याँक्दियौं।

अब हामीले जम्मा एउटा कुरा भनिरहेका छौं– स्थिरता नभएका कारणले भएन। स्थिरता पनि ल्यायौं। अस्थिर सरकार फाल्यौं। केन्द्रमा, प्रदेशमा जताततै स्थिर सरकार बन्दै छ। एउटा सर्वशक्तिशाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ। जिम्मेवार र सहयोगी प्रतिपक्षी छ। अब यस्तो बेलामा पनि नगरे कहिले गर्ने?

वाम गठबन्धनले मत माग्दै गर्दा आफ्नो घोषणापत्रमा जे-जे कुरा भनेको थियो, त्यो अब कसैले रोक्न सक्दैन भन्ने विश्वास गर्ने आधार छ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्माननीय प्रधानमन्त्रीज्यू! हामी प्रतिपक्षमा उभिए पनि स्पष्ट छ, गणितले त्यही भन्छ, तपाईंले दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउनुहुन्छ। तर, आजबाट दिनगन्ती सुरु भएको छ। घोषणापत्रमा तपाईंले लेख्नुभएको छ– पाँच वर्षमा प्रत्येक वर्ष आर्थिक वृद्धिदर १० प्रतिशतले हुन्छ। भ्रष्टाचार शून्य हुन्छ। दुई वर्षमा नेपालले एउटा पनि कृषि उपज बाहिरबाट किन्नुपर्दैन। पाँच वर्षभित्र हामीले बेचेर खनखन पैसा कमाउँछौं। पाँच वर्षभित्र नेपालमा सबै खेतीयोग्य जमिनमा सिँचाइ भइसक्नेछ। फास्ट ट्र्याक पाँच वर्षभित्रमा बन्नेछ। निजगढको विमानस्थल पाँच वर्षभित्रमा बन्नेछ। पूर्व-पश्चिम रेलमार्ग ६ लेनको हुने मात्रै होइन, त्यही रेलमार्गको छेउबाट सननन विद्युतीय रेलमार्ग पनि कुद्नेछ भनेर तपाईंले लेख्नुभएको छ। २५ लाख पर्यटक नेपालमा भित्रिनेछन्। २० प्रतिशत बजेट शिक्षामा छुट्टिनेछ। प्रदेश प्रदेशमा १ हजार जनाले उपचार पाउने हजार शय्यासहितको अस्पताल बन्नेछ। सबैखाले महिला हिंसाको अन्त्य हुनेछ। जो हिंसामा संलग्न हुन्छ, उसलाई आजीवन श्रमसहितको काराबासको सजाय हुनेछ भनेर घोषणापत्रमा लेखिएको छ।

सम्माननीय प्रधानमन्त्रीले तैंले हाम्रो घोषणापत्र कण्ठ पारेर आइछस् भन्नुहोला। कण्ठ पार्ने मात्रै होइन, त्यो कण्ठस्थ पारेको घोषणापत्रलाई यो सदनमा अब पटकपटक दोहोर्‍याउनेछु। किनकि, अब किन्तु परन्तु केही पनि चल्दैन। नो इफ, नो बट! अब परिणाम चाहिन्छ। त्यो पनि उधारोमा होइन, नगदमा चाहिन्छ। खनखन गरेर नगदमा माग्ने पालो अब हाम्रो हो। त्यही माग्नका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौं।

राज्यको अस्तित्व विविधतासँग जोडिएको छ। यो संविधानले विविधताको पहिचान मात्रै होइन, सम्मान पनि गरेको छ। राज्य व्यवस्थाको सञ्चालन र विकासमा विविधतालाई सँगसँगै लिएर जानुपर्छ। यो संविधानले त्यही कुरा भनेको छ। तर, विविधताको वैधानिकता संविधानले दिए पनि वैधता भने व्यक्तिको सोचले निर्धारण गर्छ। मधेसकेन्द्रित दलहरुले विश्वासको मत दिने भन्नुभएको छ। प्रदेशमा हामीलाई दिनुभयो, माथि हामी दिन्छौं। लेनदेनका कुरा होलान्, त्यता हामी जान चाहदैनौं। 

अघिल्लो पटक प्रधानमन्त्री रहँदै गर्दा वा नेताको रुपमा रहँदै गर्दा उहाँ (ओली)ले राख्नुभएको वाणी र अडानबाट नेपालमा धोती लाउनेहरुको मन जसरी फाटिएको छ, आज मतले जोड्दैमा त्यो मन जोडिँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालको सन्दर्भमा मात्रै होइन, अमेरिकादेखि युरोपसम्म र छिमेकका देशसम्म एउटा राष्ट्रवादी मुभमेन्ट देख्दै छौं। त्यस्तो मुभमेन्टले पहिले लोकप्रियता हासिल गर्छ। त्यसपछि निर्वाचित भएर आउँछ र बिस्तारैबिस्तारै त्यही निर्वाचनलाई निल्छ। हामीलाई आशंका छ। यो आशंका व्यवहारमा अनुवाद नहोस् भन्ने हामी चाहन्छौं। तर, यो बेलामा हामीले खबरदारी नगरे कसले गर्ने? कोही न कोही चाहिन्छ। कोही बरालिन लाग्यो भने खबरदारी गर्ने यो संसदमा कोही त चाहिन्छ। त्यसका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौं।

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीजीले सन्तुलित र नयाँ ढंगले लिएर जान्छौं भन्नुभएको छ। हामी प्रतिपक्षीको बेन्चमा बसेर सम्माननीय प्रधानमन्त्रीज्यूको यो अग्रसरतालाई सम्पूर्ण रुपले साथ दिन चाहन्छौं। कहीँकतै कमजोरी पनि नहोस्, कहीँकतै हामी बरालिने काम पनि नहोस्। तर, त्यसका निम्ति पनि सरकारलाई सम्झाउने, कतिपय बेलामा बाटो देखाउनका निम्ति, घच्घच्याउनका निम्ति प्रतिपक्षी चाहिन्छ। हामी त्यसैले प्रतिपक्षको बेन्चमा बस्न चाहन्छौं।

अन्त्यमा, निर्वाचन लड्दै गर्दाको एउटा अनुभव छ। निर्वाचन लड्दै गर्दा नेकपा एमालेका अध्यक्षले मेरो निर्वाचन क्षेत्रमा आएर भन्नुभएको थियो– 'यो केटो सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ।' 

मैले भनेँ– केही छैन। कम्युनिस्टहरुमध्येको सबैभन्दा शुद्ध कम्युनिस्ट विप्लवले मेरो र्‍यालीमा बम पड्काउनुभयो। मसँग निर्वाचन लड्दै गरेका साथीहरुले भन्नुभयो– यो त कांग्रेस आफैंले पड्काएको। नेकपा एमालेका अध्यक्षले कहीँकतै भन्नुभयो रे– कांग्रेसले पड्काएको हुनसक्छ। 

हामीले भन्यौं, चुनावको बेला यस्तै हो, केही छैन। जे भन्न पनि पाइन्छ। तर, सम्माननीय केपी ओली अब नेकपा एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो। अब जे पनि बोल्न पाइन्न। प्रत्येक चोटि बोलेको कुराको हिसाबकिताब दिनुपर्छ। र यो सदनमा हिसाबकिताब माग्न कोही चाहिन्छ। त्यसैले कांग्रेस त्यहाँ बसेर प्रत्येक कुराको हिसाबकिताब खोज्छ। त्यसकारणले प्रतिपक्षमा बस्छ।

हाम्रो शुभकामना छ, सम्माननीय प्रधामन्त्रीज्यूलाई, सफल कार्यकालको लागि। प्रधानमन्त्रीज्यूबाट पनि सफल प्रतिपक्षको लागि हामीले शुभकामना प्राप्त गर्छौं भन्ने अपेक्षा गर्दछौं। धन्यवाद!

(प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा आइतबारको संसद् बैठकमा कांग्रेसका सांसद थापाले राखेको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्