रसुवा- गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएपछि समस्या आएको हो। मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको उनले बताइन्।
विद्युत् अवरुद्ध हुँदा स्थानीय कार्यालय, सामाजिक संघसंस्था, विद्युतीय उपकरण सञ्चालन र स्थानीय बासिन्दा समस्यामा परेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।