काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनको विषय टुंगोमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ।
संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदै राजपाले संशोधनको पक्षमा जनताले आफूलाई समेत म्यान्डेट दिएको भन्दै आफ्ना मागप्रति संवेदनशील बन्न आग्रह गरेको हो।
राजपा अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले नयाँ सरकारसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताउँदै सँगै अगाडि लैजान प्रधानमन्त्री ओलीलाई आग्रह गरे।
‘हामी साथ जान तयार छौं, हामीलाई तपाईंसँगै लानुहुन्छ कि हुँदैन?’ यादवले प्रश्न गरे।
नेता यादवले संविधान संशोधनमा प्रतिबद्धता जनाउन प्रधानमन्त्रीसँग आग्रह गरे।
‘हामीले संशोधनको विषयमा धेरै लिखित सम्झौता गरेका छौं। अब लिखित होइन, वचनको विश्वास दिनुस्’, उनले भने।
यादवले राजपा तत्काल सरकारमा नजाने प्रस्ट पार्दै आफूहरुको ध्यान संविधान संशोधनमा केन्द्रित रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।