काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षी बिनाको संसद् नहुने बताएका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन गरेको आग्रहलाई जवाफ दिँदै गच्छदारले आफूहरुले मत नदिने बताए।
'प्रधानमन्त्रीले विश्वासको मत देओस् भन्ने चाहनुभएको छ', गच्छदारले भने, 'तर, प्रतिपक्षबिनाको संसद् हुँदैन। हामीहरु प्रतिपक्षमा बस्छौं।'
'प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउने प्रयास गरिरहनुभएको छ, त्यसका लागि शुभकामना छ', उनले भने, 'तर, कांग्रेसले सरकारलाई गुणदोषका आधारमा समर्थन गर्नेछ।'
'नेपाली कांग्रेस वाच डगको भूमिकामा रहन्छ', गच्छदारले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।