काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ। पार्टी एकता प्रक्रिया जारी रहेका बेला रणनीतिक मुद्दामा फरक-फरक बैठक नराख्न दोस्रो तहका नेताहरुले दिएको सुझाव अनुसार संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो। बैठक मध्याह्न १२ बजे बोलाइएको छ।
यसअघि संघीय संसद् अधिवेशन सुरु हुनभन्दा अघि दुबै दलले संयुक्त रुपमा सांसदहरुलाई प्रशिक्षण तथा निर्देशन दिएका थिए।
एमाले सांसद् भानुभक्त ढकालका अनुसार संसदीय दलको संयुक्त बैठकलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।
पार्टीका गतिविधिसँगै प्रधानमन्त्री ओलीले आज संसद्मा लिने विश्वासको मत र प्रक्रियाबारे पनि बैठकमा जानकारी गराइनेछ।
संयुक्त बैठकपछि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।