• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेतृत्वको छुच्चो बोली

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  १२:१६
1140x725

देश निर्माण कुशल र यथार्थवादी नेतृत्वले मात्र सम्भव छ। मलेसिया, सिंगापुर, दक्षिण कोरिया, जापान, रुवान्डा, इथियोपिया, पोल्यान्ड लगायतले छोटो समयमा नै तीब्र विकासको फड्को मार्नुमा ती देशहरुमा रहेको कुशल नेतृत्व नै थियो र हो। कर्मचारीतन्त्रलाई निर्देशन गर्ने, नीति-नियम बनाएर कार्यान्वयन गर्ने सबै काम राजनीतिक नेतृत्वको नै रहन्छ, अर्थात् नेतृत्व कमजोर र रोगी हुँदा देशले फड्को मार्न सक्दैन।

अहिले हामीसँग दुई तिहाइको समर्थनमा बनेको सरकार छ। नेकपाको मात्रै पनि झन्डैझन्डै दुई तिहाइ सांसद छन् तर सरकारले बलियो गरी खुट्टा टेकेको आभास भएको छैन। सानासाना कुराहरुमा अल्मलिएर बसेको छ। विधेयकहरु पर्याप्त छलफल नगरी ल्याउँदा जनमतको दबाबमा फिर्ता लिनु परिरहेको छ। प्रधानमन्त्री र मन्त्रीहरु जथाभावी बोल्दै हिँड्ने क्रम जारी छ। जनताको समस्या सुनेर समाधान गर्नतर्फ नलागी सरकार टुक्का र भाषणको भरमा रमाइरहेको देखिन्छ।

प्रधानमन्त्री र मन्त्रीलाई सबै कुरा थाहा हुँदैन। उनीहरुले सरकारी सहयोगी र नियुक्त गरिएका सल्लाहकारसँग जानाकारी लिएर बोल्नुपर्छ। प्रधानमन्त्री रेलविज्ञ होइनन्, वायु ऊर्जाविज्ञ होइनन् र अर्थविद् पनि होइनन्। तैपनि यी कुराहरुमा उनी बोल्नुपर्छ तर के बोल्ने भन्ने कुरा उनका सल्लाहकारहरुले तय गरिदिनुपर्छ। जसरी बोलून् प्रधानमन्त्री वा कुनै नेता बोलिसकेपछि त्यो बोलीको जिम्मा लिन सक्नुपर्छ। जनतालाई गुमराहमा पार्न केही समय त सकिएला सधैं सकिँदैन।

केपी ओलीले असोज २०७२ मा प्रधानमन्त्री भएपछि हावाबाट केही महिनामै ३ हजार मेगावाट बिजुली निकाल्ने र लोडसेडिङ अन्त्य मात्र होइन, भारतलाई बिजुली बेच्ने घोषणा गर्नुभयो। अझै पुस १७ गते मन्त्रिपरिषदबाट निर्णय गराउँदै बेलायतको १ पाउन्ड मूल्य रहेको 'दी गोर्खाज युके'लाई सो कामको लागि अनुमति दिने काम समेत भयो। अनेक कार्यक्रमहरुमा २ वर्षभित्र नै घरघरमा ग्यासको पाइप पुग्ने र सिलिन्डर हेर्न म्युजियम पुग्नुपर्ने घोषणा समेत गरे तत्कालीन प्रम ओलीले तर काम के भयो खोई? खै हावाबाट बिजुली, खै घरघरमा ग्यासका पाइप?

प्रधानमन्त्री रेलविज्ञ होइनन्, वायु ऊर्जाविज्ञ होइनन् र अर्थविद् पनि होइनन्। तैपनि यी कुराहरुमा उनी बोल्नुपर्छ तर के बोल्ने भन्ने  उनका सल्लाहकारहरुले तय गरिदिनुपर्छ।

पेट्रोलियम पदार्थको उत्खनन् गर्दै देशमै पेट्रोल उत्पादन गर्ने, काठमान्डौंमा ग्यासका इनारहरु खन्दै त्यहीँबाट ग्यास आपूर्ति गर्ने जस्ता हावादारी भाषण मात्र भएनन्, सन् २०१८ को जनवरी पहिलो हप्ता (पुस १५) गते नेपालको हनुमाननगरबाट पानीजहाज चढेर कोलकाता जानको लागि टिकट काट्ने अव्हान समेत भयो, आशा गरिएका नेता ओलीबाट। हामी सोझा जनताले उनका कुरा पत्याउँदै गयौं, अझै पत्याउँदै छौं।   

काठमान्डौंमा धुलोको नामोनिसान मेटिएको कुरा गर्वका साथ भन्नुभयो प्रमले तर बाहिर अवस्था ठिक उल्टो थियो। पटकपटक मेलम्चीको पानी काठमान्डौंमा ल्याइपुर्‍याउने मितिको घोषणा भो तर परिणाम हाम्रै सामुन्ने छ। अरबी देशहरुमा हिमालको पानी निर्यात गरेर अर्बौं कमाउने घोषणा पनि तेत्तिकै छ। सामाजिक सञ्जालमार्फत आफ्ना अनुयायीहरुलाई यस्ता हावादारी कुराहरुको बचावट गर्ने निर्देशन दिने काम पनि भयो उच्च नेतृत्व तहबाट। अनि   नेकपा र ओलीका कार्यकर्ताहरु त्यस्ता कुराहरुको बचाउमा अरिङ्गाल सरह लागेको हास्यादपद कार्य देखियो।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति झनै सुस्त भएको छ। तामाकोशी जलिवद्युत आयोजना खोई समयमै सकिएको? २-३ वर्षमै चाइनाबाट रेल ल्याउने, २ वर्षभित्र नै काठमाडौंमा मेट्रो वा मोनो रेल, पोखरा-लुम्बिनी रेल केही वर्षमै, चुनाव सकिएको भोलिपल्ट वृद्ध भत्ता ५ हजार घरघर (यी सबै कुराका भिडिओ युट्युबमा छन्, खोजेमा भेटिन्छ) मै पुर्‍याइदिने जस्ता हावादारी गफ दिएर चुनाव त जितियो तर काम खोइ त? यस्ता भाषणहरु गर्नुभन्दा पहिला सम्बन्धित विज्ञहरुसँग छलफल गरेर के बोल्ने, कसरी बोल्ने भन्ने सोच्नु पर्दैन नेताहरुले?    

nimb
nimb
Ncell 2
Ncell 2

नेतृत्वले जिम्मेवारी वोध नगरेपछि जे बोले पनि हुने, जे गरे पनि हुने चलन भो हाम्रो देशमा। माथि नै भनेजस्तै प्रम, मन्त्री वा अन्य जिम्मेवार नेताहरुले बोल्दा आफूले नजानेको कुरा सल्लहाकार वा विज्ञहरुसँग छलफल गरेर बोल्ने गर्नुपर्छ। अहिलेका प्रम ओलीका प्राविधिक हुँ भन्ने केही सल्लाहकार अल्पज्ञानी छन्। केहीले आफूलाई इन्जिनियर हुँ भनेर भन्ने गरेको पनि सुनियो। तर ती सल्लाहकार इन्जिनियर होइनन्, ओभरसियरको रुपमा इन्जिनियरिङ कलेजमा कुनै समय ल्याब इन्स्ट्रक्टरको रुपमा काम गर्थे। ओभरसियर अर्थात् जुनियर इन्जिनियर हुन् उनी। इन्जिनियर नै भए पनि सबै कुराको ज्ञान हुँदैन। विज्ञसँग सल्लाह लिनैपर्छ।

कमसल सल्लाहकार राख्नु ओलीको आफ्नै कमजोरी हो। भर्खर मात्र केही सल्लाहकार पजनीमा परे तर समस्या जहाँको तहीँ छ। पत्रकारलाई धम्की र च्यालेन्ज दिने शैलीमा ट्विट गर्ने, प्रमको स्वास्थ्य स्थिति लुकाउन खोज्ने, उपचार खर्च सार्वजनिक गर्न नदिने जस्ता सल्लाहकार रहिरहेसम्म प्रम ओलीबाट हावादारी भाषण र टुक्का आउने क्रम रोकिने छैन। यस्ता हावादारी भाषणले देशलाई समृद्धिको बाटोमा हिडाउँदैन।

पत्रकारलाई धम्की र च्यालेन्ज दिने शैलीमा ट्विट गर्ने, प्रमको स्वास्थ्य स्थिति लुकाउन खोज्ने, उपचार खर्च सार्वजनिक गर्न नदिने जस्ता सल्लाहकार रहिरहेसम्म प्रम ओलीबाट हावादारी भाषण र टुक्का आउने क्रम रोकिने छैन।

देशमा चाइना र भारत दुवैतिरबाट रेल ल्याउनु आवश्यक छ र सम्भव पनि छ। घरघरमा ग्यास पाइप धेरै देशमा पुर्यारएकै छन्। कुनै ठुलो कुरो हुँदै होइन सम्भव छ। पानी जहाज पनि सम्भव होला। हावाबाट बिजुली त संसारभरि निस्किरहेकै छ। हाम्रो हावाले ननिस्कने भन्ने होइन। काठमान्डौंमा मेट्रो नबनाई सुखै छैन। मेलाम्ची पनि आउँछ, तामाकोशी पनि सम्पन्न हुन्छ। तर कुरो के हो भने यी आयोजना बनाउन कति वर्ष लाग्छ, फाइनान्सियल मोडेल के हुने, हाम्रो अहिलेको आवश्यकता के हो, पहिला कुन आयोजना सुरु गर्ने, हाम्रो निर्माण र व्यवस्थापकीय क्षमता कस्तो छ भन्ने कुरा ख्याल गर्ने कि नगर्ने?

१५ वर्षमा चाइनाबाट रेल सुलुलुलु काठमाडौं ल्याउने छु भनेको भए केही यथार्थ परक हुने थियो। अबको ५-६ वर्षमा प्रतिव्यक्ति आय २०००-२२०० पुर्याडउँछु भनेको भए वास्ताविकताको नजिक हुने थियो तर भनियो १० हजार डलर। पानीजहाज रुट १५-२० वर्षमा सञ्चालन गरेर कोलकाता पुर्यातउने हो भनेको भए के बिग्रन्थ्यो?

नेतृत्व गर्न नेताको स्वास्थ्य अवस्था कम्तीमा दैनिक कार्य गर्नसक्ने अवस्थाको हुनु जरुरी छ। अझै हाम्रो जस्तो विकासोन्मुख देशमा त नेतृत्व निकै सक्रियका साथ लाग्नुपर्ने हो। आधा समय हस्पिटलको बेड र आधा समय आराम गर्नुपर्ने नेतृत्वले देश कसरी हाँक्छ? के नेकपामा देश हाँक्न सक्ने नेता ओली मात्रै हुन्? पार्टी होइन, देश चलाउनुपर्ने हुनाले सक्षम र स्वस्थ प्रमको आशा गर्नु प्रत्येक नागरिकको अधिकार हो।

अन्त्यमा, सबै नेतृत्वले भाषण गर्दा के बोल्ने, के नबोल्ने सोचेर बोलुन्। सल्लाहाकार कसलाई राख्दा ठिक सल्लाह आउँछ त्यो विचार  गरुन्। सीमित झुन्डको घेराभित्र बस्दा अहिलेको जस्तो अवस्था हुने छ देश र जनताले टुक्का बाहेक केही पाउने छैनन्।

अर्कोतिर विपक्षी दलका नेता शेरबहादुरको कुरै नगरौं। उहाँका प्रत्येक भाषणको उनकै पार्टीका प्रवक्ताले ओल्टाइपल्टाई मिलाइदिनु परिरहेको छ। भाषण गर्नुभन्दा पहिला केही समय सल्लाहाकार वा विषयका जानकारहरुसँग यो कुरा बोल्दा के होला भनेर छलफल गर्ने समय शेरबहादुरसँग कहिल्यै हुँदैन। उस्तै परे तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेर खप्की दिन्छन् उनी।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्