विराटनगर– मोरङको बुढिगंगा गाउँपालिका–४ मा लागू औषधसहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी राजमार्गमा सवारी साधन चेकजाच गर्ने क्रममा लागू औषध फेला परेपछि सुनसरीको धरान उपमहानगरपालिका ३ का १८ वर्षीय राजु मल्लिक र धरान ६ का यासिफ अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट एभिल, लुप्रिजेसिक, डाइजेल्याब लगायतका लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।