इटहरी- कथा ‘टेल टेल हार्ट’लाई इटहरीको थिएटरमा नाटकको रुपमा प्रस्तुत गरिएको छ। गत शुक्रबारदेखि बुधबारसम्म उक्त नाटक प्रदर्शन गरिएको हो। अमेरीकन राइटर एडगार एलन पोले लेखेको कथालाई सुगम दुलालले नाट्य रुपान्तरण गरेका हुन्।
कलालय इटहरीको आयोजनामा अन्तरदेशीय साझा रंगमञ्च २०१९ गत शुक्रबारबाट सुरु भएको थियो। भारतको बेस्ट बङ्गालका नाट्यकर्मीको उपस्थितिमा कलालयले साझा रंगमञ्चको आयोजना गरेको हो।
अन्तर्रास्ट्रिय रंगमञ्चलाई नेपाली रंगकर्मीसँग परिचित गराउन र कला/संस्कृतको आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताइन्।
बेस्ट बङ्गाल कृष्णनगरका सुसान्त हल्दारको नेतृत्वमा आएको टोलीले नाटक प्रदर्शन गरेको थियो। पहिलो दिन नाटक प्रदर्शन गरेर उक्त टोली बिदा भएपछि कलालय इटहरीले बुधबारसम्म नाटक प्रदर्शन गरेको हो।
६ दिन सम्म प्रदर्शन भएको नाटक हेर्न इटहरीका १ हजार बढी दर्शकले नाटक अवलोकन गरेको अध्यक्ष जयन्तीले बताए। नाटकमा अति सुक्ष्मचेत भएको एउटा पात्रले गरेको हत्याा आत्मसमर्पण र त्यस पछिको कवोलबारे केलाइएको छ।
एउटा पात्र कसरी कसैको हत्या गर्न समेत अघि बढ्छ र हत्यापछि उसलाई कसरी पिरोल्छ भन्ने कुरालाई नाटकले उत्खनन् गरेको छ।
प्रज्वल पराजुलीको निर्देशनमा भएको नाटकमा कलाकार अनुजा पौडेलले सह निर्देशन गरेकी हुन्। कलालयकै कलाकार प्रज्वल दुलालले पागल मान्छेको भूमिका निर्वाह गरेका छन् भने विकास श्रेष्ठ, अनुजा पौडेल, सुमन शंकर, जीवन बस्नेत, वर्षा के. सी, करन प्याकुरेल अन्य भूमीकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।