नयाँ दिल्ली (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहिनी बनाएकी १ सय ३ वर्षीय सरवती देवीको शनिबार निधन भएको छ।
उनी झारखण्डस्थित धनबादमा बस्दै आइरहेकी थिइन्। प्रधानमन्त्री मोदीले गत वर्ष उनलाई आफ्नो आवासमा बोलाएर रक्षा बन्धन गरेका थिए।

सरवती देवीले ५० वर्ष अगाडि आफ्नो भाई गुमाएकी थिइन्। गत वर्ष उनको छोराले आफ्नो आमाको कहानी लेखेर प्रधानमन्त्री मोदी कहाँ पठाएका थिए।
जसलाई पढेपछि मोदीले रक्षाबन्धनका लागि सरवती देवीलाई प्रधानमन्त्री निवासमा आमन्त्रण गरेका थिए। मोदीले रक्षाबन्धनको तस्बिर पनि सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।