काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निष्कर्ष - उपनिर्वाचनमा कहीँ अन्तर्घात भएको छैन, निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई औपचारिक समिक्षाको जिम्मा।
२) रोकिएको २ वर्षपछि भारतीय दूतावासको सिधा लगानीका आयोजना कार्यान्वयन हुँदै, नेपालको बजेट प्रणालीभित्रबाट पैसा आउने, स्थानीय तहको सहभागिता अनिवार्य।
३) सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकामा वन माफियाको चलखेल, जंगल अतिक्रमण गरेर रातारात टहरा, समग्र वन अतिक्रमणको २१ प्रतिशत कैलालीमा मात्र।
४) जारी साग प्रतियोगितामा नेपाललाई २९ स्वर्ण, सक्षम कार्कीको जितसंगै अहिलेसम्मका सागमा नेपाललाई प्राप्त स्वर्णपदकको संख्या सय पुग्यो।
५) र, अमेरिकी लडाकू जहाज र सैन्य विमानलाई हङकङमा प्रतिबन्ध लगाउँने चीन भनाइ, हङकङ आन्दोलनको निगरानी र रिर्पोटिङ गर्ने अमेरिकी मानव अधिकार संस्थाहरुमाथि पनि कारबाहीको तयारी।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।