काठमाडौं- विशाल सापकोटाको निर्देशनमा बनेको ‘सेल्फी किङ’को टिजर बजारमा सार्वजनिक भएसँगै यो फिल्म फेरि विवादमा तानिएको छ। यसअघि फिल्मको पोस्टर हलिउड फिल्म ‘जोकर’सँग मिलेको भन्दै चर्को आलोचना भएको थियो।
विपीन कार्की फिचर्ड यो फिल्म ‘जोकर’को कपी भएको भनेर पनि कतिले आलोचना गरे। फिल्म ‘जोकर’ कपी हो, होइन त्यो त प्रदर्शनपछि नै थाह हुनेछ। तर, ‘सेल्फी किङ’को टिजर ‘जोकर’का केही प्लटसँग नजिक देखिन्छ। टिजरमा विपीन कार्कीको भूमिकाले एक सेलेब्रेटीको जीवनको उतारचढावलाई देखाउन खोजेको छ।
‘जोकर’को मुख्य पात्र अथर फ्लेकले कमेडियन बन्ने दौडमा सामना गर्ने समस्याको कथा भनेको छ। विपीनको चरित्रमा अथर फ्लेक झल्किन्छ। ‘सेल्फी किङ’को टिजर हेर्दा कथा फरक पात्रकै भए पनि ‘जोकर’कै शैलीमा निर्देशक सापकोटाले कथा भन्न खोजेका छन्।
यद्यपि, निर्माण टिमले यसबारे केही बोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।