जेरुसलेम- इजरायलको जेरुसलेममा भएको म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका छन्।
शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ।
म्याराथन दौड स्थानीय समयानुसार बिहान ६.४५ मा सुरु भएको थियो भने दिउँसो २ बजे सकिएको थियो।
सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्याण्ड, पोर्चुगल लगायत ७२ भन्दा बढी देशका धावक सहभागी थिए। इजरायलपछि हङकङले सबैभन्दा धेरै धावक सहभागी गराएको थियो। (रासस-सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।