काठमाडौं- बलिउड स्टार रणवीर सिंहको फिल्म 'जयेशभाई जोरदार'को पहिलो लुक सार्वजनिक भएको छ। यस फिल्मको लागि रणवीर गुजराती पुरुष बनेका छन्।
यस लुकमा रणवीर विल्कुल भिन्न देखिएका छन्।
फिल्मको पहिलो लुकमा रणवीर सुन्तला रङको टिसर्टमा र प्यान्टमा स्मार्ट देखिएका छन्। पोस्टरमा रणवीरको पछि धेरै महिला घुंघट पहिरिएर उभिएका देखिन्छन्।
जयशभाईको क्यारेक्टरबारे कुरा गर्दै रणवीर भन्छन्, 'चार्ली च्याप्लिनले एक पटक भनेका थिए कि 'साँच्चै हाँस्नका लागि, तपाईंले आफ्नो पीडा सहन सक्षम हुनु आवश्यक छ। र पीडाको साथ खेल्न सक्नुपर्छ।' जयेशभाई एक साधारण व्यक्ति, जो एक असाधारण स्थितिमा केही असाधारण काम गर्दै फिल्म सकिन्छ। जयेशभाई संवेदनशील र दयालु छन्। ऊ पितृसत्तात्मक समाजमा पुरुष र महिलाबीच समान अधिकारमा विश्वास गर्छ।'
फिल्मलाई दिव्यांग ठक्करले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।