जनकपुरधाम- अन्तरपार्टी महिला सञ्जालले प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ।
शनिबार बिहान अध्यक्ष मन्जुकुमारी यादव सहितको टोलीले विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको हो। प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा त्यसमा महिलाको उपहास गरिएको भन्दै अविलम्ब त्यसलाई सुधार गर्नुपर्ने मागपत्रमा उल्लेख छ।
संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक भए पनि मन्त्रिमण्डलमा महिलालाई बेवास्ता गरिएको उनीहरुले गुनासो गरेका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री राउतले मागप्रति आफू सकारात्मक भएको जवाफ दिए।
१० जना रहेको मन्त्रिपरिषद्मा हाल राज्यमन्त्रीका रुपमा उषा यादव एक जनामात्र महिला रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।