भक्तपुर- अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको ६ लेन सडकखण्डमा ५ वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ।
महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा ४ हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए। चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ।
चारदोबाटो, सूर्यविनायक लगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन्।
पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।