काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) बागलुङको बडिगाड गाउँपालिकामा जिप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु, तीन जना घम्भीर घाइते, एक जना अझै बेपत्ता।
२) साग प्रतियोगितामा नेपाललाई अहिलेसम्म २३ स्वर्ण, बंगलादेश र भारतको खातामा बराबर पाँच स्वर्ण, माल्दिभ्सले अझै खाता खोल्न सकेन।
३) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टयांकर’बाटै हवाई इन्धन, पुरानै प्रणालीबाट इन्धन भर्नुपर्ने गरी संरचना निर्माण, थप नयाँ संरचना बनाउन लागत बढ्ने निगमको भनाइ।
४) सागअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपालले भुटानलाई हरायो, सुजलले गरे दुई गोल, क्रिकेटमा श्रीलंकासँग नेपाली टोली ६ विकेटले पराजित।
५) र, अमेरिकाद्वारा ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियममा कर वृद्धि, व्यापक मुद्रा स्फीतिका कारण किसानले खरिद गर्ने सामानको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको तर्क।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।