काठमाडौं– केही महिनायता अभिनेत्री ऋचा शर्माको विवाह प्रसंग चर्चामा थियो। धेरैले उनलाई सोध्थे– ‘यो मंसिर त कट्दैन नि?’
शुभचिन्तकको प्रश्नले अब जवाफ पाएको छ। ऋचाले प्रेमी दीपेक्षविक्रम राणासँग बिहे गर्ने मिती टुंगो लागेको छ। डिसेम्बर ७ अर्थात् मंसिर २१ गते शनिबार उनीहरु वैवाहिक बन्धनमा बाँधिदैछन्।
ऋचालाई अभिनेत्री साथीहरु प्रियंका कार्की, केकी अधिकारी लगायतले केही दिनअघिमात्रै पोखरामा ब्याचलर पार्टी दिएका थिए। श्रोतका अनुसार ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन्। दीपेक्ष ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।