काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले भर्खरै सम्पन्न उपनिर्वाचनले सरकारलाई सच्चिन संदेश दिएकाे बताएका छन्। उनले सरकारले शैली नसच्चाए सक्किने बताए।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ- सरकारको शैली सच्याउ नत्र सकिन्छौं। सच्चिने वा सक्किने उसको कुरा!'
नेता थापाले उपनिर्वाचनले कांग्रेसलाई पनि संदेश दिएकाे बताए। 'सन्देश हामीलाई पनि त छ- 'नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफैं बदलिउ मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा!'
उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ-सरकारको शैली सच्याउ नत्र सकिन्छौ
सच्चिने वा सक्किने उसको कुरा!
तर सन्देश हामीलाई पनि त छ-'नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ
मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने
यो हाम्रो कुरा!
— Gagan Thapa (@thapagk) December 3, 2019
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।