काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छ्न्। उपनिर्वाचनको अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताएका हुन्।
कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रक्रियालाई ध्यान दिँदा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भएको उनले बताए। सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनभन्दा निर्वाचन आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्रीमण्डलको पुर्नगठन गर्न केन्द्रित भएको उनकाे आरोप छ।
कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको उनकाे भनाइ छ। प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।