एजेन्सी– जोर्डनको एउटा फार्ममा आगलागी हुँदा ८ बालबालिकासहित १३ पाकिस्तानीको मृत्यु भएको छ।
जोर्डनको नागरिक सुरक्षा विभागका अनुसार राजधानी अम्मानभन्दा पश्चिममा रहेको ग्रामीण भेग शाउनामा कामदार बस्ने फलामे टहरामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। घटनामा ३ जना घाइते भएका छन्। विद्युत सर्ट हुँदा आगो लागेको अनुमान स्थानीय अधिकारीले गरेका छन्।
प्रधानमन्त्री ओमार अल–राजाजले पाकिस्तानी जनता र सरकारप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त टहरामा आप्रवासी कामदारका २ परिवार बस्थे। जोर्डनका फार्ममा हजारौं आप्रवासी कामदार काम गर्छन्। उनीहरु बस्ने स्थानमा भने कुनै पनि सुविधा हुने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।