काठमाडौं- नेपालले १३औं साग खेलकुद प्रतियोगितामा महिला टिम पुम्सेका तर्फबाट अर्को स्वर्ण पदक हात पारेको छ।
नेपालका तर्फबाट निता गुरुङ‚ प्रशंसा क्षेत्री‚ सुशीला राईले ७.९२० अंक प्राप्त गरी अर्को स्वर्ण पदक थपेका हुन्।
यसैगरी पाकिस्तानले ७.५२० र श्रीलङ्काले ७.८१० अंक प्राप्त गरेका थिए।
तेक्वान्दोमा नेपालले यो समेत गरी ७वटा स्वर्ण हात पार्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।