वीरगञ्ज- प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अगाडि देखिएको छ।
कांग्रेसका मेयरका उम्मेदवारले दोस्रो स्थानमा रहेका राजपाको उम्मेदवारले भन्दा दुई सय मतको अन्तरले अग्रता लिइरहेका छन्।
जारी मतगणनामा संघीय समाजवादी फोरम तेस्रो क्रममा छ भने माओवादी केन्द्र चौथो स्थानमा छ।
१६ हजार ३१४ मत गनिँदा कसको कति मत ?
मेयर/उपमेयर
कांग्रेस ३४१३/४०००
राजपा ३२०६/२८१०
संघीय समाजवादी फोरम २८४४/२७७६
माओवादी केन्द्र २१२६/१४९७
एमाले १७४७/२११६
लोकतान्त्रिक फोरम ११६२/९१३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।