• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन खुम्चिए नयाँ दल?

64x64
किशोर दहाल सोमबार, मंसिर १६, २०७६  १७:५४
1140x725

काठमाडौं- निकै चर्चा पाएको कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत पाइन्। ४५ हजार ५ सय ४६ कूल मत खसेको यो क्षेत्रमा ४४ हजार ९ सय ४६ मत सदर भएका थिए। सदर मतका आधारमा उनको मत झन्डै दुई प्रतिशतमात्रै हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उनको जमानत जफत भएको छ। विश्लेषक सरिता तिवारीका शब्दमा त्यति संख्याको मत साझा पार्टीका निम्ति ‘शर्मनाक’ अवस्था हो। 

अन्य दलले जस्तै साझाले पनि कास्की २ लाई प्रतिष्ठाको विषय बनाएको थियो। तर उसको उपस्थिति निकै कमजोर देखियो। ०७४ सालको निर्वाचनमा विवेकशील साझाका तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका श्रीकृष्‍ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए। त्यतिबेलाको एकीकृत स्वरुपमा रहेका साझा र विवेकशील पार्टीले अहिलेको एकीकृत मत एक हजार १९ छ। कास्की २ मै उम्मेदवार बनेकी विवेकशीलकी जमुना शर्माले ७७ मत पाएकी छिन्। शर्माले पाएको मत सदर मतको १ प्रतिशतभन्दा पनि कम हो।

सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ को अवस्था पनि साझा र विवेकशीलको जस्तै छ। लामो समय स्वतन्त्र मधेसको अभियान चलाएका राउत सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आएका थिए। उनकै नेतृत्वको यो पार्टी पनि चुनावअघि निकै सक्रिय थियो। तर मत परिणाम खासै उत्साहजनक आएन। अर्थात्, चासोपूर्वक हेरिएको उपनिर्वाचनमा यस्ता दललाई मतदाताले खासै रुचाएको देखिएन। 

मुख्य प्रतिस्पर्धी पनि बनेनन्

चलिरहेको राजनीति र यसका अनेक प्रवृत्तिलाई विकल्प दिने भन्दै आएका र चर्चा पनि पाएका यी तीनै दलको उपस्थिति उपनिर्वाचनमा सुखद रहेन। उपनिर्वाचनमा भाग लिएका ठाउँहरुमा उनीहरु कतै पनि मुख्य प्रतिस्पर्धी बन्न सकेनन्। जस्तो, कास्की २ मा साझा र विवेकशीलका उम्मेदवार क्रमशः पाचौं र आठौं स्थानमा परेका थिए।

मधेसका केही वडा र पालिकामा प्रतिस्पर्धा गरेको जनमत पार्टीका उम्मेदवार प्रायः ठाउँमा चौथो वा पाँचौं बनेका छन्। उनीहरु सबै तहमा उत्तिकै कमजोर देखिएका छन्। 

विजयी उम्मेदवारको अनुपातमा यी तीनै दलका उम्मेदवारले पाएको मत निकै कम छ।

Ncell 2
Ncell 2
nimb
nimb

जस्तो, भक्तपुरमा ३२ हजार ३७ मत खस्दा ३१ हजार ५ सय ९२ मत सदर भएको थियो। साझा पार्टीका उम्मदवार सुरज प्रधानले जम्मा ३ सय ९३ मत पाए। उनी पाचौं स्थानमा रहे। विजयी उम्मेवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत पाएका थिए।

प्रदेशसभाअन्तर्गत बाग्लुङ २९ख० मा विवेकशीलका तर्फबाट उम्मेदवार बनेका सन्तोष भण्डारीले २८ मत पाए। यहाँ २१ हजार ३ सय ९६ मत खस्दा २० हजार ९ सय ७१ मत सदर भएको थियो। यहाँ विजयी उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार २ सय ३५ मत पाएका छन्।
मोरङको धनपालथान गाउँपालिका– २ मा भएको उपनिर्वाचनमा ३ हजार २ सय ८४ मत खसेर ३ हजार २ सय ४६ मत सदर भएको थियो। त्यहाँ जनमत पार्टीले जम्मा ९ मत पाएको छ। त्यस्तै, सर्लाहीको हरिपुर्वा गाउँपालिका १ मा भएको उपनिर्वाचनमा १ हजार ९३ मत खसेर १ हजार ७८ मत सदर हुँदा जनमत पार्टीले जम्मा ५२ मत पायो। महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा कुल १२ हजार ३ सय ९ मत सदर भएकोमा जनमत पार्टीका उम्मेदवार अंजनीदेवी मण्डलले जम्मा ६ सय १६ मत पाइन्।

मतदातासँग नजोडिनुको परिणाम

निर्वाचनमा कम मत आउनु भनेको सो दल वा उम्मेदवारलाई पत्याउने जनमत कम हुनु हो। पत्याउनका लागि मतदाताले दलका बारेमा कम सुन्नु वा विश्वास गर्नु हो। दल र उम्मेदवारका कुरा मतदातासमक्ष पुर्‍याउन कार्यकर्ता चाहिन्छन्। आम सञ्चारबाट सुनिएका र सुनाएका विषयभन्दा कार्यकर्ताले मतदाताको जिज्ञासाको उत्तर दिँदै चित्त बुझाउँदा बढी प्रभावकारी हुन्छन्। तर नयाँ र विकल्प भनिएका दलसँग कार्यकर्ता नै थिएनन्। जसले गर्दा ती दल र उम्मेदवार मतदातासँग जोडिनै सकेनन्। यसैलाई महसुस गरेर हुनुपर्छ साझाले जनतासँग जोडिन ‘साझा भुइँयात्रा’ चलाउने भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्कोतिर, मतदातासँग जोडिनलाई उनीहरुलाई बताउन केही नयाँ विषय हुनुपर्छ। नयाँ मुद्दा हुनुपर्छ। वा कुनै अभियानको नेतृत्व गरेको हुनुपर्छ। तर, यी दलमा यस्तो केही विशेषता छैन। न भन्नलाई केही नयाँ कुरा छ, न जनताले विश्वास र आशा गर्न केही गरेको देखिएको छ। यस्तो अवस्थामा मतदाताले किन विश्वास गर्ने भन्ने प्रश्न स्वभाविक हो।

नयाँ पार्टीको साझा विशेषता भनेको उनीहरुले पुराना दललाई गाली गर्ने गरेका छन्। धेरै कुरा पुरानाले गर्दा बिग्रेको विषयमा अधिकांशको सहमति देखिन्छ। तर, अवस्था त्यस्तोमात्रै होइन, जसरी प्रचार गरिन्छ। पुरानोलाई गाली गर्न अर्को दलको आवश्यकता परेको होइन। त्यही कुरा नयाँ दलले नबुझेजस्तो देखिन्छ।

‘पुरानो पार्टीको आलोचनामा जति मुखर सुनिए। आफ्नो संगठनात्मक र वैचारिक संरचना निर्माणमा त्यति सशक्त देखिएनन्,’ तिवारी भन्छिन्, ‘परिस्थितिलाई क्यास गर्न सकिन्छ कि भन्ने च्याखे राजनीति देखियो।’

अहिलेका मूलधारका पार्टी र तिनका नेताहरुले विगतमा राजनीतिक परिवर्तनका लागि कठोर संघर्ष गरेका छन्। अहिले त्यो संघर्षको ब्याज खाइरहेको आरोप पनि लाग्ने गर्छ। तर, त्यसको विकल्प खोजिरहेका दल र नेताको पनि विगत केलाउनु स्वभाविक हुन्छ। जस्तो कि, हिजो मधेसकेन्द्रित दलहरुले संघर्ष गरिरहँदा सीके राउत र उनको संगठन के गरिरहेको थियो, यी र यस्तै प्रश्नको जवाफ नयाँ दलहरुले दिन सकेका छैनन्।

नयाँ मध्येको एक साझा पार्टीलाई त पछिल्लो संघर्षले ल्याएका परिवर्तनप्रति अनुदार भएको आरोप लाग्ने गरेको छ। ‘पुराना दललाई सच्याउनु एउटा प्रश्न हो तर भएको परिवर्तन नै गलत थियो भन्ने ठाउँमा पुग्नु भनेको त पुरै पश्चगामी भयो,’ तिवारी भन्छिन्।

अर्कोतर्फ, नयाँ दलहरुले निर्वाचन भएका सबै ठाउँमा उम्मेदवारी नै दिएनन्। यसले उनीहरु मुख्य र ध्यान दिनलायक पार्टी नै होइनन् भन्ने देखायो।

के भन्छन् नयाँ दल?

चुनावमा पराजित भएपछि ती दलका नेताहरुले मतदातालाई नै आफ्नो कुरा बुझाउन नसकिएको प्रतिक्रिया दिएका छन्। चुनावी परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएका ती पार्टीका नेताहरुले मतदाताको विवेकमाथि नै प्रश्न उठाएका छन्।

‘मत परिणामले व्यापक भ्रष्टता, अक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ,’ साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लेखेका छन्।

सो पार्टीद्वारा जारी विज्ञप्ति केही सन्तुलित छ तर अन्य पार्टीलाई आरोप लगाउन भने छाडेको छैन। यद्यपि, उसले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी(कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको बताएको छ।

विवेकशीलका अध्यक्ष मिलन पाण्डेले उपनिर्वाचनले आफूलाई थप मेहनत गर्नुपर्ने र आफूहरु जसरी चलेका थियौं, त्यसरी अब नचल्ने भन्ने स्पष्ट सन्देश आएको बताए। उनले आफूहरुले गम्भीर समीक्षा गर्ने र अगाडिको कार्यदिशामा थप प्रष्टताका साथ अघि बढ्ने बताए।

पाण्डेले अब अरु पार्टीलाई गालीभन्दा पनि आफूलाई सुधार गर्नेमा बढी ध्यान दिने बताए। ‘हामीले गाली गरेको कुरामात्रै बढी भाइरल हुन्छ। खासमा हामीले गाली पनि गरेका हुन्छौं, हाम्रो योजना पनि भन्छौं। तर, भाइरल भने गाली गरेको विषयमा बढी हुने गरेको छ,’ उनले भने, ‘अब भविष्यको योजनालाई पनि भाइरल बनाउनुपर्छ।’

जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले भने बैशाखमा गठन भएको पार्टीले मंसिरको चुनावमा अहिलेको जति मत ल्याउनु सुखद भएको बताए। उनले पार्टीका अन्य आन्तरिक समीक्षा भने बैठक बसेर गर्ने बताए। अन्य पार्टीले चुनावमा पैसा खर्च गरे पनि आफूहरुले नगरेको उनको दाबी छ। ‘जहाँ पैसाको खोलो बगेको छ। त्यहाँ कसैलाई एक कप चिया पनि नखुवाइकन यति मत पाउनु भनेको आफैंमा ठूलो कुरा हो,’ सिंहले भने।

 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्