काठमाडौं- १३औं साग खेलकुदमा तेक्वान्दो महिला टिम पुम्सेको २३ वर्षमुनि उमेर समूहमा नेपालले स्वर्ण जितेको छ।
योसँगै नेपालले १२ स्वर्ण हात पारेको छ।
नेपालका निशा दर्नाल‚ स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिनाले ७.९८० अंक प्राप्त गरी स्वर्ण पदक हात परेका थिए। यसैगरी भारतले ७.९७०‚ पाकिस्तानले ७.४७०‚ श्रीलङ्काले ७.५७० र बंगलादेशले ७.७६० अंक प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।