काठमाडौ- १३औं साग खेलकुदमा सोमबार भएको कराँतेका ९वटा प्रतिस्पर्धामध्ये बहुमतमा नेपालले कब्जा जमाउन सफल भएको छ।
नेपालले पहिलो दिनमै ९ प्रतिस्पर्धामध्ये ७मा स्वर्ण पदक हात पारेको छ। अन्य दुई रजत पदक रहेका छन्। अब कराँतेका दसवटा प्रतिस्पर्धा बाँकी छन्। यी खेलमा पनि नेपालले आफ्नो प्रभुत्व जमाउने निश्चित छ।
हालसम्म जितेका कराँते स्वर्ण पदक
१.मन्डेकाजी श्रेष्ठ (व्यक्तिगत काता)
२. महिला टिम काता
३. पुरुष टिम काता
४. लक्ष्मण तामाङ (पुरुष कुमुते ५५ केजी)
५. विप्लवलाल श्रेष्ठ (पुरुष कुमुते ८४ केजीमाथि)
६. कुसुम खड्का (महिला कुमुते ४५ केजीमाथि)
७. अनु अधिकारी (कुमुते महिला ५० केजीमुनि)
रजत पदक
१. चञ्चला दनुवार (महिला व्यक्तिगत काता)
२. दिवश श्रेष्ठ (कुमुते ८४ केजीतर्फ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।