काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग)मा आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्।
आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। उनले ७.९४० अंक ल्याइन्।
दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अंक बटुले।
आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर इतिहास समेत बनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।